In The News

सेभेन समिटले ल्यापटप सहित आर्थिक सहयोग, soluonline.com

Following news was publised by soluonline.com
—————————

सोलुअन्लाईन, टाप्टिङ, चैत्र १२ । सोलुखुम्बु जिल्लाको टाप्टिङ गा.वि.समा अवस्थित श्री जन प्रिय माध्यामिक विद्यालयलाई एक विशेष कार्यक्रम बीच दश थान ल्यापटप र दश थान किन्डल प्रदान गरिएको छ । यहि चैत्र १०, ११ र १२ गते कार्यक्रमको आयोजना गरी सो सामाग्रीहरु प्रदान गरिएको छ । कार्यक्रममा सेभेन समिट फाउन्डेसनका अध्यक्ष्य एसी शेर्पा लगायत फाउन्डेशनका सदस्यहरुको उपस्थिति रहेको थियो ।

औपचारिक कार्यक्रममा बोल्दै फाउन्डेशनका अध्यक्ष एसी शेर्पाले आगामी दिनमा पनि उक्त मा. वि लाई सहयोग निरन्तरता दिने र चाडै सो क्षेत्रमा सुविधा सम्पन्न दाँत सम्बन्धि स्वास्थ्य चौकी निर्माण गरिदिने प्रतिबद्धता जनाए । टाप्टिङ स्थित जन प्रिय मा. विको प्राङगणमा राष्ट्रिय स्तरका कलाकार रोज मोक्तान र मिलन लामाले दिएको सांगीतिक प्रस्तुतिलाई स्थानिय बासिन्दाहरुले निकै रुचाएका थिए । सेभेन समिट फाउन्डेशन द्धारा आयोजित तीन दिने कार्यक्रममा ल्यापटप र किन्डल हस्तान्तरण, सांगितिक कार्यक्रम र सेभेन समिट फाउन्डेशनका सदस्य म्यारी र कायलले ल्यापटप र किन्डल प्रयोग सम्बन्धि प्रशिक्षण कार्यक्रम रहेको थियो ।

Full link http://soluonline.com/index.php?action=news&id=5263
—————————

Comments are closed.